सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–१९ च्याम्पियनशिपबाट नेपाल बाहिरियाे

२०८२ माघ २१, ०६:०६ खबर संवाददाता

काठमाण्डाै: बङ्गलादेशसँग हारेसँगै नेपाल १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको फाइनलमा पुग्न असफल भएको छ । पोखरा रङ्गशालामा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ४–० गोलले पराजित भयो ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई २–१ गोलले हराएको थियो ।

अब १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधिका लागि बङ्गलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ । आज भएको पहिलो खेलमा भारतले भूटानलाई ८–० गोलले हरायो ।

बङ्गलादेश लगातार तेस्रो जीतका साथ अपराजित रहँदै र भारत तालिकाको दोस्रो स्थानमा रहेर फाइनलमा पुगेका हुन् । फाइनल खेल आउँदाे शनिवार हुनेछ ।

४ वटा टोली सहभागी प्रतियोगितामा भूटान अङ्कविहीन हुँदै पुछारमा रह्यो ।

कमेन्ट लोड गर्नुस