अछाममा भालुको आक्रमणबाट ३ जना घाइते
अछाममा भालुको आक्रमणबाट तीन जना घाइते भएका छन्। जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ७ मा जंगली जनावर भालुको आक्रमणबाट सोही ठाउंका ५० वर्षीय प्रेम ढुंगाना, २ वर्षीय बालक ओम प्रकाश दमाई र ७ वर्षीया बालिका उर्मिला दमाई घाइते भएका हुन्।
शुक्रबार बिहान साढे सात बजेको समयमा बारीमा मकै खाइरहेको भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पताल मंगलसैनमा उपचार भइरहेको छ।