सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिट सुनुवाइपछि रेशम चौधरी प्रकरणमा आदेश तयारी

२०८२ माघ १५, ०३:१८ खबर संवाददाता

काठमाडौंः नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उमेदवारी कायम गर्न मागसहित दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।

चौधरीको उमेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले सर्वोच्चमा रिट दिएका थिए। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनले कैलाली क्षेत्र नम्बर–१ बाट उमेदवारी दर्ता गराएका थिए।

उक्त रिटमा बिहीबार (माघ १५) सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका निम्ति पेसी तोकिएको थियो। रिट निवेदकका कानुन व्यवसायीको बहस सकिएर आदेशको तयारी भइरहेको छ।

सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासबाट यसअघि आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशमा छलफलका निम्ति पक्ष र विपक्षलाई डाकिएको थियो।

कैलालीको टीकापुर हिंसा प्रकरणमा जन्मकैद तोकिएका चौधरीलाई राष्ट्रपतिबाट माफी मिनाहा दिने निर्णयमाथि सर्वोच्चले रोक लगाएको छ।

कमेन्ट लोड गर्नुस