सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमाओवादी धारलाई एकतामा आउन दाहालको आग्रह

२०८२ माघ १४, ०२:५२ रासस

काठमाडौँः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका पूर्वमाओवादी धारका सबैलाई एकता प्रक्रियामा आउन आग्रह गरेका छन्। 

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित नेकपा र नेकपा माओवादी (एकता पक्षधर) बीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आत्मसमीक्षा गरेर राष्ट्रिय स्वाधिनताको पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गुरे। 

'मुलुकलाई समृद्ध बनाउन र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पनि एक पटक फेरि एकताद्वारा सामथ्र्यवान् बन्नुपर्ने आवश्यकता छ', संयोजक दाहालले भने, 'विभाजित अवस्थामा रहेका पूर्वमाओवादीको घर र आउनुपर्ने ठाउँ यहीँ हो।' मुलुक अप्ठयारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले निर्वाचनबाट परिवर्तनकारी शक्तिलाई विजयी बनाउनुपर्ने बताए। 

कार्यक्रममा नेकपा (माओवादी) को एकता पक्षधर समूहका संयोजक चिरञ्जीवी ढकालको नेतृत्वमा सो पार्टीका केन्द्रीय सदस्यसहित नेता तथा कार्यकर्ता नेकपामा समाहित भएका हुन्। 
 

कमेन्ट लोड गर्नुस