बालेन शाह सुदूरपहाडमा, भोलि डडेल्धुरा, बैतडी र दार्चुलामा कार्यक्रम
धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली र कञ्चनपुरको भ्रमण सकेर डडेल्धुरा पुगेका छन्। डडेल्धुरा शाह पार्टीको कार्यक्रममा सरिक हुनेछन्। बुधबार ९:३० बजे शाह डडेल्धुराको तुफानडाँडामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा हुने कार्यक्रममा सरिक हुनेछन्।
डडेल्धुरामा भेटघाट सकेर उनको टोली मध्याह्न १२ बजे राष्ट्रिय स्वतन्त्र पार्टी सम्पर्क कार्यालय, पाटन, बैतडी पुग्ने र अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वर पुग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति प्रकाश बिष्टले बताएका छन्।
शाह दार्चुलाको कार्यक्रम सकेर साँझ ८ बजे बझाङको बुङ्गल पुग्नेछन्। बुङ्गलमा १५ गते बिहीबार बिहान ७ बजे पार्टीको कार्यक्रम हुने रास्वपा बझाङका उम्मेदवार शैलेशकुमार सिंहले बताएका छन्।
बालने शाह अहिले सुदूरपश्चिमको भ्रमण छन्। उनी सबै जिल्लामा रास्वपाको कार्यक्रममा पुग्ने बताइएको छ।