कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ्ग सेन्टर नजिकबाट भीमदत्त नगरपालिका–१० तिल्केनीटोल बस्ने २३ वर्षीया ऐश्वर्या बिष्टलाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ। बिष्टलाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ६१० मिलिग्राम लागूऔषध खैरो हेरोइनफेला पारी उक्त पदार्थसहित बिष्टलाई लागूऔषध व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यसैगरी बेलौरी नगरपालिका–१० सडकघाटबाट बेलौरी नगरपालिका–७ बस्ने २० वर्षीय अमित राना र २० वर्षकै समिर चौधरीलाई पक्राउ गरिएको छ। यी दुबै जनाको साथबाट ५३० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
बेलौरीबाटै थप एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–१० सडकघाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको बा ७८ प ६७५९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक बझाङको जयपृथ्बी नगरपालिका–३ पणेश बस्ती बस्ने २६ वर्षीय दिनेश बिष्टको साथबाट १ ग्राम ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित बिष्टलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। सोमवार पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।