सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेन शाह भोलि कैलाली आउने, सुदूर पहाडका जिल्ला पनि पुग्ने

२०८२ माघ १२, ०२:४७ नारायण अवस्थी

धनगढी: रास्वपाका वरिष्ठ नेता बालेन शाह मङ्गलवार कैलाली आउने भएका छन्। रास्वपाको चुनावी कार्यक्रममा भाग लिन शाह कैलाली आउने भएका हुन्।

रास्वपा नेता जसुदेवी भट्टका अनुसार बालेन मङ्गलवार नेपालगन्ज हुँदै बिहान ७ बजे लम्की पुग्नेछन्।

लम्कीमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन्। मङ्गलवारदेखि करिब तीन दिनसम्म शाह सुदूरपश्चिममा रहने रास्वपाका एक नेताले बताए।

शाह कैलाली जिल्लामा हुने पार्टीका कार्यक्रममा सरिक हुने र पहाडी जिल्लाहरूमा समेत पुग्ने कार्यक्रम तय भएको तर ठ्याक्कै समयसारणी तय नभएको रास्वपा नेताले बताए।

बालेननिकट स्रोतका अनुसार भोलि कैलाली पुगेपछि  उनले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको भ्रमण गर्नेछन् । 

अछाम क्षेत्र नम्बर २ का उम्मेदवार रहेका बालेन निकट भूपदेव शाहका अनुसार बालेनको यो तीन दिने यात्रा निकै व्यस्त रहनेछ । धनगढीबाट सुरु हुने यात्रा सुदूरपश्चिमका पहाडी जिल्लाहरू हुँदै अछाम पुग्नेछ ।

त्यसपछि उनी कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्ने कार्यक्रम रहेको छ । 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस