सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ माघ ९, ०७:३२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ फोरलाइन स्थित भित्रि सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४१ हजार ८८० बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीका चिनी, मिश्री, खाने तेल, पेय पदार्थ, दाल, नमकिन लगायतका सामान इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बिहीवार नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस