सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेक्वान्दो संघले दियो कैलालीको तदर्थ समितिलाई मान्याता

२०८२ माघ ७, ०५:०४ खबर संवाददाता

धनगढी: नेपाल तेक्वान्दो संघले कैलाली जिल्ला समितिले गठन गरेको जिल्ला तदर्थ समितिलाई मान्यता दिएको छ ।

संघको जिल्ला कार्यसमितिका पदाधिकारीहरुको पुस ३० गते बसेको पदाधिकारी बैठकले गठन गरेको उक्त समितिलाई संघको माघ ६ गते बसेको बैठकले मान्यता दिएको हो । सो विषयमा संघले बुधबार प्रदेश समितिलाई पत्र पठाउँदै जानकारी गराएको छ । 

तदर्थ समितिको उपाध्यक्षमा भुवन सार्की, सचिवमा योगेन्द्र खोलउला र कोषाध्यक्षमा नेहा चौधरी मनोनित भएका छन् । सो समिति सदस्यमा सुशील सिंह, महेशराज जोशी, दिपेन्द्र बोहरा र कोपिला आग्री छन् ।

कमेन्ट लोड गर्नुस