सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय वायुसेनाको ट्रेनी विमान दुर्घटना

२०८२ माघ ७, ०४:०४ खबर संवाददाता

काठमाडौँ : भारतस्थित उत्तर प्रदेशको प्रयागराजमा भारतीय वायुसेना प्रशिक्षणमा रहेको एउटा विमान दुर्घटनामा परेकाे छ । उक्त विमान मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे । 

सञ्चारमाध्यमका अनुसार विमान पोखरीमा डुबेको अवस्थामा देखिएको छ । समाचार एजेन्सी एएनआईकाअनुसार दुर्घटनामा परेको विमान एम ११६ हो । 

विमानमा सवार दुई पाइलट प्यारासुटबाट तलाउमा हाम फालेका समाचारमा उल्लेख गरिएको छ । दुवैलाई स्थानीयले उद्धार गरेको र अवस्था स्थिर रहेको बताइएको छ । 

‘चालक दलका दुई सदस्यसहितको वायुसेनाको सानो विमान आज दिउँसो १२ बजे प्रशिक्षण मिसनमा थियो । यसलाई आपतकालीन अवतरण गर्नुपर्‍यो ।  दुवै चालक दलका सदस्यहरू सुरक्षित छन्’ पीआरओ डिफेन्स विङ्ग कमान्ड देबार्थो धरले भने । 

कमेन्ट लोड गर्नुस