बझाङमा सात जनाको मनोनयन दर्ता
धनगढीः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न बझाङमा सात जनाले उम्मेदवारी दर्ता गरेका छन्। एक निर्वाचन क्षेत्र रहेको बझाङमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीलगयात सात दलका उम्मेदवरले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाश सिंहले जानकारी दिए।
सूचना अधिकारी सिंहका अनुसार बझाङमा नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेही, नेकपा एमालेका ऐनबहादुर महर, राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेशकुमार सिंह तथा नेपाली कम्युनिष्ट पार्टीका मिनबहादुर कुँवरले उम्मेदवारी दर्ता गरेका छन्।
यस्तै, बझाङमा नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठारा तथा नेपाल कम्युनिष्ट पार्टी माओवादीका भरत मल्ले उम्मेदवारी दिएका छन्।