सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ५ निर्वाचन क्षेत्रमा ७९ जनाको उम्मेदवारी दर्ता, क–कसले, कुन दलबाट दिए उम्मेदवारी?

२०८२ माघ ६, ०७:४० नारायण अवस्थी

धनगढी: आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली जिल्लाका पाँचै निर्वाचन क्षेत्रबाट जम्मा ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको सूचीअनुसार ठूला राष्ट्रिय दल, क्षेत्रीय दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

कैलाली-१ मा १९ जना उम्मेदवार 
कैलाली-१ मा ११ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय टीकापुरले जनाएको छ। कैलाली-१ मा नेपाली काँग्रेसका जनकराज चौधरी, नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली, नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरी तथा उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीले मनोनयन दर्ता गरेका छन्।

यसैगरी, कैलाली-१ मा सुनिता भण्डारीले नेमकिपाबाट, लोकेन्द्र कुँवरले राप्रपाबाट, रुपाकुमारी चौधरीले आम जनता पार्टीबाट तथा सत्यनारायण भट्टराई, राजेन्द्रबहादुर शाही, तपेन्द्र शाह, अरुण ठकुल्ला, फागुराम थारू र नरेश रावलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। कैलाली-१ बाट नै  जनकराज शाहले प्रलोपाबाट, विमलकुमार डगौराले श्रम संस्कृति तथा रामबहादुर विश्वकर्माले नेकपा माओवादीबाट र जनमत पार्टीका भगतराम डगौरा थारूले उम्मेदवारी दर्ता गरेका छन्।

कैलाली-२ मा १६ जना खडा!
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा १६ जनाले मनोनयन दर्ता गरेका छन्। कैलाली-२ बाट नेपाली काँग्रेसका विजयबहादुर स्वाँर, नेकपा एमालेबाट सुर्यबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीबाट नन्दबहादुर साउँद, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केपी खनाल, नेश्नल रिपब्लिक पार्टीका दलबहादुर बुचामगर, मजदुर किसान पार्टीबाट लक्ष्मी पुन मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट डम्बरबहादुर रावल, नेपाल मानवतावादी पार्टीबाट करबिर कडाँरा, नागरिक उन्मुक्ति नेपालबाट पतिराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

कैलाली-२ मै  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतसिंह बिसी, आम जनता पार्टीबाट खगेन्द्रबहादुर रावत, नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट दिलबहादुर साउँद, मितेरी पार्टीबाट सम्झना विष्ट थापाको उम्मेदवारी परेको छ भने  मोहनसिंह राठौर, राजेश मयाल विक र दिपक रावलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

यी हुन् कैलाली-३ का उम्मेदवार
कैलाली-३ बाट ९ जनाको उम्मेदवारी परेको छ। नेपाली काँग्रेसबाट भिम बडुवाल, नेकपा एमालेबाट गौरीशंकर चौधरी,  नेकपाबाट विरमान चौधरी, नेकपा माओवादीबाट अर्जुनप्रसाद कठरिया,नेमकिपाबाट जुनु महतरा शाही, राष्ट्रिय जनमोर्चाबाट देशराज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विरेन्द्र बहादुर बम, प्रलोपाबाट लक्ष्मीराम चौधरी तथा मितेरी पार्टीबाट सुशीला थापा मगरले उम्मेदवारी दर्ता गरेका छन्।

कैलाली-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशी, जनमोर्चाका देशराज चौधरी, प्रलोपाका लक्षीराम चौधरी र नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले पनि उम्मेदवारी दर्ता गरेका छन्।

कैलाली-४ बाट १७ जना चुनावी दौडमा
कैलाली-४ बाट नेकपा एमालेका उपमहासचिव लेखराज भट्टसहित १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै, नेपाली काँग्रेसबाट गोरख बिष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराम चौधरी,  राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद रेग्मी र खेमराज कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल रजवार, नेमकिपाबाट अमृता भुल तथा गोपीलाल चौधरीले नेश्नल रिपब्लिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, दिनेशकुमार मल्लले मितेरी पार्टीबाट, धनबहादुर सुनारले नागरिक उन्मुक्ति पार्टी नेपालबाट, भक्तबहादुर शाहीले नेकपा माओवादीबाट तथा मोहनदेव मिश्रले नेकपा संयुक्तबाट उम्मेदवारी दर्ता गरेका छन्। यसैगरी, नेपाल मानवतावादी पार्टीबाट यज्ञबहादुर टमोटा, उज्यालो नेपाल पार्टीबाट सुभास कुँवर, राष्ट्रिय जनमोर्चाबाट हेमराज भट्ट, श्रम संस्कृति पार्टीका भिमबहादुर थापा मगर र छत्रबहादुर भट्ट खत्रीले उम्मेदवारी दर्ता गरेका छन्।

कैलाली-५ मा १६ जना प्रतिस्पर्धी
कैलाली-५ मा नेपाली काँग्रेसका नरनारायण शाहलगायत १४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। कैलाली-५ मा नेकपा एमालेका यज्ञराज ढुङ्गाना उपाध्याय, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द, मितेरी पार्टीका राधिका कुमारी कार्की तथा आम जनता पार्टीका देवसिंह बिष्ट उम्मेदवार बनेका छन्।

यस्तै, नागरिक उन्मुक्ति नेपालका जगन्नाथ चौधरी, राष्ट्रिय जनमोर्चाका शोभामणि जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही तथा नेमकिपाका तृषण पुन मगरले उम्मेदवारी दर्ता गरेका छन्।

कैलाली-५ बाटै नेपाल कम्युनिस्ट पार्टी माओवादीका बबरजङ्ग बहादुर सिंह, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद, जनमत पार्टीका धनबहादुर चौधरी तथा प्यारेलाल राना, इश्वरी विष्ट र जनकराज पाठकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस