सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा वारेसनामामार्फत काँग्रेसका रसाइलीको उम्मेदवारी दर्ता

२०८२ माघ ६, ०६:५५ खबर संवाददाता

बझाङः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका उम्मेदवार प्रकाश स्नेही रसाइलीले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन्।

जिल्ला अदालत बझाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वयं उपस्थित हुन नसकेपछि रसाइलीले क्षेत्रीय कार्य समिति सभापति पुष्कल बोहरामार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

सभापति बोहराले वारेसनामामार्फत उम्मेदवारी दर्ता गरिएको जानकारी दिएका छन्। उनका अनुसार पार्टीभित्र टिकट वितरण प्रक्रियामा ढिलाइ भएपछि उम्मेदवार आफैं उपस्थित हुन नसकेको हो।

कमेन्ट लोड गर्नुस