सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–४ बाट कांग्रेसले अमेरिका बस्ने विष्टलाई दियाे टिकट

२०८२ माघ ६, ०३:५८ खबर संवाददाता

धनगढीः प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ४ बाट अमेरिका बस्दै आएका गोरखबहादुर विष्ट (आनन्द) लाई अन्तिम समयमा टिकट दिएको छ।

कांग्रेस सुदूरपश्चिमका सभापति विरबहादुर बलायरले चुनाव लड्न अस्वीकार गरेपछि पार्टीले विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आज मनोनयन दर्ताको कार्यतालिका रहेको भए पनि कांग्रेसले उम्मेदवारको टुंगो गर्न ढिलाइ गरेपछि कैलाली–४ का कांग्रेस कार्यकर्ता अन्योलमा परेका थिए।
 

कमेन्ट लोड गर्नुस