सुदूर नेपाललाई विश्वसँग जोड्दै

आवश्यक आवेदन नपरेपछि डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

२०८२ माघ २, ०३:१७ खबर संवाददाता

डडेल्धुरा: आवश्यक आवेदन नपरेपछि डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले माघ १ गतेसम्म तोकिएको आवेदन अवधि २ दिनका लागि थप गरिएको जानकारी दिएको छ। पुस २५ गतेदेखि माघ १ गतेसम्मका लागि तोकिएको आवेदन अवधिमा दरखास्त दिनेहरूको संख्या न्यून भएपछि म्याद थप गरिएको हो।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भय–रहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित निर्वाचन प्रहरी भर्ना आह्वान गरिएको थियो। तर तोकिएको समयभित्र आवश्यक संख्यामा आवेदन नपरेपछि अतिरिक्त दुई दिन थप गरी आवेदन लिन थालिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासनका अनुसार डडेल्धुरामा निर्वाचन प्रहरीका लागि ९४४ जनाको कोटा तोकिएको थियो। माघ १ गतेसम्म ८०७ जनाले मात्र आवेदन दिएको हुँदा १३७ आवेदन कम परेको र त्यसकारण म्याद थप गरिएको हो।

 

कमेन्ट लोड गर्नुस