एम्नेष्टी इन्टरनेशनल समूह–४४ धनगढीको संयोजकमा शाह
एम्नेष्टी इन्टरनेशलन नेपाल समूह–४४ धनगढीको संयोजकमा पुनः ज्ञानेन्द्र शाह चयन भएका छन्। धनगढीमा भएको दोश्रो बार्षिक साधारण सभाले समूहको संयोजकमा शाहलाई चयन गरेको हो। उप–संयोजकमा कमलराज जोशी, सचिवमा ओमप्रकाश पाण्डे, सह–सचिवमा लक्ष्मीराज ओझा र कोषाध्यक्षमा अम्बिका अधिकारी चयन भएका छन्। समितिको सदस्यहरुमा चक्र विक, रामबहादुर शाही, मोति कुँवर, राजु प्रसाइ, धुर्व सिँह, धर्मराज जोशी, लोकराज जोशी, मनोज चौधरी, सिता भट्टराई र प्रमिला लम्साल चयन भएका छन्। समूहको धनगढी शाखाले सल्लाहकार समिति पनि चयन गरेको छ। सल्लाहकार समितिको संयोजकमा प्रेमराज भट्ट तथा सदस्यहरुमा जयप्रकाश मिश्र, देवबहादुर सेठी र हर्षराज राना चयन भएका छन्। एम्नेष्टी इन्टरनेशनल नेपालका महासचिव कर्ण कुँवरको प्रमुख आथित्यतामा भएको कार्यक्रम संयोजक शाहको अध्यक्षतामा भएको हो।