सुदूर नेपाललाई विश्वसँग जोड्दै

गगन नेतृत्वको काँग्रेसमा सुदूरपश्चिमका एक पदाधिकारी सहित ११ जना

२०८२ माघ १, १२:२२ नारायण अवस्थी

धनगढीः हिजो सम्पन्न नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना पदाधिकारीसहित ११ जना नेता अटाएका छन्। सुदूरपश्चाबाट सह-महामन्त्रीमा प्रकाश रसाइली स्नेहीसहित ११ जना नेता केन्द्रीय कार्यसमितिका छनोट भएका हुन्।

सह-महामन्त्रीमा चयन भएका स्नेही बझाङका नेता हुन भने खुलातर्फ डोटीबाट भरत खड्का, बाजुराबाट जनक गिरी र बझाङका जगत जोशी काँग्रेसको केन्द्रीय सदस्य बनेका छन्।

यस्तै,कैलालीबाट पाँच जना केन्द्रीय सदस्य भएका छन्। कैलालीबाट सुदूरपश्चिम प्रदेश महिलातर्फ निपा चोख्याल, प्रदेश खुलातर्फ हिमबहादुर रावल, थारू महिलातर्फ सुनिता राना र खस-आर्य महिलातर्फ सम्झना खत्री र खस-आर्य खुलातर्फ विजय स्वार केन्द्रीय सदस्य भएका हुन्।

बैतडीका नरेन्द्रप्रसाद भट्ट तथा कञ्चनपुरबाट सन्तोषी साउँद ऐरी पनि केन्द्रीय सदस्य चयन भएको नरेन्द्रप्रसाद भट्टले बताए।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस