सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल-भारत सीमा समन्वय समिति बैठक सम्पन्न

२०८२ पुष २४, ०३:३० जयन्त सिंह भाट

धनगढी:  नेपाल-भारत सीमा क्षेत्रमा शान्ति, सुरक्षा तथा आपसी सहकार्य सुदृढ गर्ने उद्देश्यले नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ। कैलालीको गोदावरीमा आयोजित बैठकमा नेपालको कैलाली तथा कञ्चनपुर जिल्ला र भारतको लखिमपुर खिरी जिल्लाका सुरक्षा निकाय, प्रशासन तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा सीमा क्षेत्रमा देखिने अपराध नियन्त्रण, तस्करी रोकथाम, सीमा विवाद, अवैध आवत–जावत, लागुऔषध ओसारपसार नियन्त्रण तथा आपसी सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ।

सीमावर्ती क्षेत्रमा दुवै देशका नागरिकको सुरक्षालाई प्राथमिकतामा  राख्दै संयुक्त गस्ती, नियमित समन्वय बैठक तथा आपसी विश्वास अभिवृद्धि गर्ने विषयमा सहमति जुटेको छ। बैठकमा नेपाली सेनाको प्रतिनिधि, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, भारतीय एसएसबी तथा दुवै देशका प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो।

दुवै पक्षले सीमा क्षेत्रमा शान्ति र सौहार्द कायम राख्न यस्ता बैठकलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त  समेत गरेका छन्।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस