सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ बाट एमालेका रानासहित ३ जनाको नाम सिफारिस

२०८२ पुष २०, ११:२८ खबर संवाददाता

धनगढी: आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले कैलाली–५ बाट तीन जनाको नाम सिफारिस गरेको छ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले नारदमुनि राना, यज्ञराज ढुङ्गाना र सरिता सिजापतिलाई उम्मेदवारका रूपमा सिफारिस गरेको एमाले कैलाली उपसचिव चुडामणि भट्टले जानकारी दिए।

राना २०७४ सालमा आरजु राणालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने अघिल्लो निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनसँग पराजित भएका थिए।

यस्तै ढुङ्गाना कैलाली जिल्ला अध्यक्ष हुन् भने सिजापती प्रदेश कमिटी सदस्य हुन्।

कैलाली-४ मा यसअघि केन्द्रीय उप-महासचिव लेखराज भट्टको नाम एकल सिफारिस भएको छ भने निर्वाचन क्षेत्र नम्बर १, २ र ३ बाट उम्मेदवार सिफारिस भएको छैन। एमालेले एक निर्वाचन क्षेत्रबाट दुई जना खुला र एक महिलासहित तीन जनाको नाम केन्द्रमा पठाउन सर्कुल गरेको छ। सर्वसम्मत भएको क्षेत्रबाट भने एकै जनाको नाम सिफारिस गर्न मिल्ने उपसचिव भट्टले बताए।

कमेन्ट लोड गर्नुस