सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको  स्याउले- अनारखोली सडक खण्ड एक महिनासम्म दैनिक ६ घण्टा बन्द हुने

२०८२ पुष १८, ०५:०२ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमका तीन पहाडी जिल्ला, बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकमा पुस १९ देखि माघ १९ गतेसम्म दैनिक ६ घण्टा आवागमन बन्द हुने भएको छ। डडेल्धुराको स्याउलेदेखि अनारखोलीसम्म सडक मर्मत हुने भएकाले आवागमन बन्द हुने भएको हो।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सार्वजनिक गरेको सूचनामा पुस १९ गते शनिवारदेखि माघ १९ गतेसम्म दैनिक ६ घण्टा राजमार्गमा सवारी आवागमन बन्द हुने उल्लेख छ। दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ।

सडक डिभिजन कार्यालय डोटीले सडक सुधार र चौडा गर्न साढे चार अर्बको ठेक्का लागेर काम सुरू हुने जनाएको छ। राजमार्गको विभिन्न क्षेत्रमा कडा चट्टान काट्नुपर्ने भएका कारण आवागमन बन्द गर्नुपरेको बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस