सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट काँग्रेसका ११ जना समानुपातिक उम्मेदवार 

२०८२ पुष १६, ०१:२९ खबर संवाददाता

धनगढीः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेपाली काँग्रेसले सुदूरपश्चिमका एघार जना उम्मेदवारको नाम समावेश गरेको छ। 

नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा १ सय १० जना उम्मेदवारमध्ये सुदूरपश्चिमका एघार जना रहेका छन्। 

काँग्रेसले समानुपातिक उम्मेदवारमा दार्चुलाबाट करबीरसिंह कार्की, बैतडीका दिपेन्द्रबहादुर बम डडेल्धुराबाट हरिना कामी, बझाङबाट सुन्दर स्नेही, डोटीबाट प्रसीस महरा, अछामबाट टेकबहादुर विक र बाजुराबाट विद्यादेवी तिमिल्सिनाको नाम समावेश गरेको छ। 

यस्तै कैलालीबाट यज्ञनिधि कोइराला र रीताकुमारी चौधरीको नाम समावेश गरिएको छ। काँग्रेसको समानुपातिक बन्द सूचीमा कञ्चनपुरबाट तौला राना र कल्पना केसीको नाम समावेश छ। 

कमेन्ट लोड गर्नुस