सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका वेदकोट र भीमदत्तका विद्यालयमा चार दिन सार्वजनिक बिदा

२०८२ पुष १६, ०१:१० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरका वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा सार्वजनिक बिदा दिएका छन्।

वेदकोट नगरपालिकाले बढ्दो चिसो र प्रतिकूल मौसमका कारण विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै पुस १६ देखि १९ गतेसम्म सामुदायिक तथा संस्थागत सबै विद्यालयमा जाडो बिदा दिएको हो। शिक्षा शाखा प्रमुख हरिदत्त भट्टका अनुसार यो बिदा विद्यालयले पाउने बाँकी हिउँदे बिदाबाट कट्टी हुनेछ।

त्यसैगरी, भीमदत्त नगरपालिकाले नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट तथा दोस्रो आधारभूत विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएकाले पुस १९ गतेसम्म सबै निजी तथा सार्वजनिक विद्यालयमा बिदा दिने निर्णय गरेको छ। शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले खेलकुद गतिविधिमा सहभागी र सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

तराई क्षेत्रमा चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित बनेका छन्।
 

कमेन्ट लोड गर्नुस