बालेन र रास्वपासँग संवादका लागि उज्यालो नेपाल पार्टीको वार्ता संयोजकमा डा. तारा जोशी
काठमाडौँः उज्यालो नेपाल पार्टीले सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा.तारा जोशीलाई नयाँ ताथा वैकल्पिक राजनितिक दल र नेताहरुसंग वार्ता गर्न वार्ता संयोजक तोकेको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेसंग वाता गर्न भौतिक पूर्वाधार, ऊर्जा र शहरी विकासमन्त्री कुलमान घिसिङको अगुवाईमा खुलेको उज्यालो नेपाल पार्टीले डा.तारा जोशीको संयोजकत्वमा संवाद समिति गठन गरेको हो।
जेन्जी आन्दोलन पछि गठन भएको उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित गर्दै चुनावमा होमिने तय गरेको छ। काठमाडौँ महानगरपालिकाका मेयर शाह र रास्वपा सभापति लामिछानेबिच सोमबार आगामी प्रतिनिधि सभा निर्वाचनलाई लिएर वार्ता भएको थियो । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा नयाँ तथा वैकल्पिक भनिएका राजनितिक दल र सम्भावित राजनितिक व्यक्तित्वहरुलाई एकै कित्तामा समावेश गर्ने प्रयास भईरहेको पृष्ठभूमीमा उज्यालो नेपाल पार्टीको वार्ता संयोजकमा डा. जोशलिाई जिम्मेवारी दिईएको हो।
उज्यालो नेपाल पार्टीले पूर्व ऊर्जा सचिव अनुकुमार उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति रहेको अद्यावधिक विवरण कात्तिक २५ गते निर्वाचन आयोगमा बुझाएको थियो। डडेल्धुराका प्रदेश सभा–२ का स्वतन्त्र सांसद डा.जोशी पार्टीको वरियता क्रम–२ मा रहेका छन्।