शीतलनिवास बैठकमा देउवाले मागे खोसिएकोे सुरक्षाकर्मी फिर्ता
काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोसिएको सुरक्षाकर्मी फिर्ता माग गरेका छन्।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको प्रधानमन्त्री सुशीला कार्कीसहितको प्रमुख तीन दलका नेताहरुको बैठकमा देउवाले सुरक्षाको वातावरण बनाउन खोसिएको सुरक्षाकर्मी फिर्ता गर्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका हुन्।
मापदण्डविपरीत अनावश्यक रुपमा सुरक्षाकर्मी राखेको भन्दै गत असोजमा सरकारले पूर्वप्रधानमन्त्रीहरुको सुरक्षाकर्मी फिर्ता गरेको थियो। त्यसप्रति मंगलबार राष्ट्रपति पौडेल, एमाले अध्यक्ष केपी ओली, नेकपाका संयोजक पुष्पकमल दाहालसहितको भेटघाटमा देउवाले चुनावी गतिविधि गर्न सुरक्षाको प्रत्याभुति नभएको भन्दै फिर्ता लगेको सुरक्षाकर्मी माग गरेको स्रोतले जानकारी दियो। जवाफमा कार्कीले सरकार सुरक्षाप्रति जिम्मेवार रहेको र चुनावी वातावरण बनाउन आवश्यक प्रबन्ध गर्ने बताएकी छिन्।