सुदूरपश्चिम भ्रमणको निम्तो दिन कैलाली उद्योग वाणिज्य संघको टोली पूर्वी नेपाल प्रस्थान
सुदूरपश्चिम भ्रमणको निम्तो दिन कैलाली उद्योग वाणिज्य संघको टोली पूर्वी नेपाल प्रस्थान गरेको छ। नेपाल भ्रमण वर्ष २०२० मा सुदूरपश्चिम घुम्न आउँने निम्तो दिनका लागि पर्यटकीय स्थलको तस्बिर सहित २० जनाको टोली उद्योग वाणिज्य संघको टोली आज धनगढीबाट पूर्वी नेपाल प्रस्थान गरेको हो।
पूर्वी नेपालको भ्रमणमा निस्केको टोलीको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले एक कार्यक्रमका बिच बिदाई गरिन्। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुंवरले सुदूरपश्चिम भ्रमणको निम्तो दिन आफूहरु पूर्वी नेपालको भ्रमणमा निस्केको बताए। उनले बुटवल,पाल्पा, स्याङ्जा, काठमाण्डौ लगायतका जिल्लामा पुगेर सुदूरपश्चिम भ्रमणको निम्तो दिईने कुँवरले जनाए।
सो क्रममा हरेक जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीलाई सुदूरपश्चिम भ्रमणमा आउन आग्रह गरिनेछ। उद्योग वाणिज्य संघको टोलीलाई बिदाई गर्दै मन्त्री माया भट्टले सुदूरपश्चिममा धार्मीक पर्यटनका सम्भावनाहरुलाई उजागर गर्न आग्रह गरिन्।