सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले केन्द्रीय पदाधिकारीमा सुदूरपश्चिमबाट एक मात्रै प्रतिनिधि निर्वाचित, अन्य प्रदेशबाट कति?

२०८२ पुष ३, ०२:५३ जयन्त सिंह भाट

काठमाडौँः नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत बुधवार र बिहीबार सम्पन्न निर्वाचनमा १९ केन्द्रीय पदाधिकारीमध्ये सुदूरपश्चिम प्रदेशबाट एक जना मात्रै पदाधिकारीमा चयन भएका छन्।

कैलालीका लेखराज भट्ट उपमहासचिवमा निर्वाचित भएका छन्। त्यसपछि कर्णाली प्रदेशबाट सुर्खेतका यामलाल कँडेल सचिव बनेका छन् भने मधेस प्रदेशबाट धनुषाका रघुवीर महासेठ उपमहासचिवमा निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट लमजुङका पृथ्वीसुब्बा गुरुङ उपाध्यक्ष, स्याङ्जाकी पद्माकुमारी अर्याल सचिव र कास्कीका खगराज अधिकारी सचिवमा निर्वाचित भएका छन्। बाग्मती प्रदेशबाट चितवनका रामबहादुर थापा ‘बादल’ र काठमाडौँका रघुजी पन्त उपाध्यक्षमा निर्वाचित हुँदा भक्तपुरका महेश बस्नेत र काठमाडौँकै राजन भट्टराई सचिव बनेका छन्।

लुम्बिनी प्रदेशबाट रुपन्देहीका विष्णुप्रसाद पौडेल र गुल्मीका गोकर्णराज विष्ट उपाध्यक्ष, दाङका शंकर पोख्रेल महासचिव तथा रुपन्देहीकै छविलाल विश्वकर्मा सचिवमा निर्वाचित भएका छन्। कोशी प्रदेशबाट झापाका केपी शर्मा ओली अध्यक्ष, ताप्लेजुङका योगेश भट्टराई उपमहासचिव तथा भोजपुरका शेरधन राई, झापाका हिक्मतकुमार कार्की र मोरङका भानुभक्त ढकाल सचिवमा निर्वाचित भएका छन्।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस