त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका ओझा प्रतिनिधि सभाका लागि सिफारिस
धनगढीः त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति बनेका श्यामराज ओझा प्रतिनिधि सभाको निर्वाचनका लागि डोटीबाट सिफारिस भएका छन्। नेपाली काँग्रेस जिल्ला कार्यसमिति डोटीले ओझासहित १७ जनाको नाम प्रदेश कार्यसमितिलाई सिफारिस गरेको हो।
विश्वविद्यालयामा स्ववियु सभापतिका लागि भएको चुनावमा म्यान अफ द इलेक्सन भएर जित हासिल गरेका ओझालाई निर्वाचनका लागि बलियो उम्मेदवारका रुपमा लिन थालिएको छ। निर्वाचनमा ओझालाई युवापुस्ताको ठुलो साथ रहने आँकलन गरिएको छ।