मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
जनकपुरधाम: मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त भएका छन्।
मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले काँग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यादवले ७७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री यादवले कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।