कुशलको छक्का प्रहारमा चियर लिडर घाइते
काठमाडौँः कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बल लागेर चियर लिडर घाइते भएकी छिन्।
घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए। विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ।
उनको अनुहारमा चोट लागेको छ। जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले छक्का हानेको बल उनलाई लागेको थियो। उनी रगताम्मे भएकी थिइन्।