सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको ११ औँ महाधिवेशनः सुदूरपश्चिमबाट को–को भए प्रतिनिधि? (नामावलीसहित)

२०८२ मंसिर १६, ०६:१९ खबर संवाददाता

धनगढीः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट महाधिवेशन प्रतिनिधिहरूको चयन कार्य सम्पन्न भएको छ।

प्रदेशका ९ वटा जिल्लाका १६ निर्वाचन क्षेत्र र प्रदेश कमिटीबाट खुला, महिला, दलित तथा युवा कोटामा प्रतिनिधिहरू छानिएका छन्। प्रदेश कमिटीका अनुसार सुदूरपश्चिमबाट राष्ट्रिय महाधिवेशनमा १४० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। बझाङ र डोटीमा प्रतिनिधि चयनका क्रममा केही विवाद देखिए पनि अन्तिम नामावली सार्वजनिक गरिएको छ। 

प्रदेश कमिटीबाट ५ जना सर्वसम्मत
महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना प्रतिनिधिलाई सर्वसम्मत चयन गरेको छ।

सोमवार बसेको प्रदेश सचिवालय बैठकले अध्यक्ष कृष्णप्रसाद जैशीसहित चार पदाधिकारी र एक प्रदेश सदस्यलाई प्रतिनिधि चयन गरेको हो। जसमा उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्द, उपसचिव भागरथी विष्ट र प्रदेश कमिटी सदस्य झुमादेवी चौधरी रहेका छन्। 

जिल्लागत रूपमा चयन भएका प्रतिनिधिहरूको विवरण 

कैलाली

    क्षेत्र नम्बर–१

     खुलाः द्वारिका न्यौपाने र ध्रुव्र खत्री

    महिलाः कमला शाही

    युवाः लक्ष्मी आचार्य

   क्षेत्र नम्बर–२

    खुलाः कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का

     महिलाः ममता रावल र लक्ष्मी शाही

     युवाः पवित्राकुमारी माझी

    क्षेत्र नम्बर–३

     खुलाः चुलराम चौधरी र करुण बम

     महिलाः इच्छाकुमारी चौधरी

     युवाः राजबहादुर बुढा

    क्षेत्र नम्बर–४

    खुलाः चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा

    महिलाः रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह

     युवाः शुद्धिराम चौधरी

 क्षेत्र नम्बर–५

   खुलाः धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुङ्गाना

    महिलाः अम्बिका विष्ट र रुकमणी देवकोटा

    युवाः तीर्थराज भट्टराई

कञ्चनपुर

 क्षेत्र नम्बर–१

     खुलाः पल्लबराज भट्ट र वीरबहादुर थापा

     महिलाः कमला चौधरी र कल्पना गिरी

     युवाः काशीराम बोहरा

   क्षेत्र नम्बर–२

     खुलाः रणबहादुर महरा र बचनबहादुर सिंह

     महिलाः लक्ष्मी बुढा र पार्वती जोशी

     युवाः प्रविन बोगटी

    क्षेत्र नम्बर–३

     खुलाः डा. दीपकप्रकाश भट्ट र जनकराज अवस्थी

      महिलाः कल्पना गिरी

       दलितः आरपी सार्की

       युवाः ओम बस्नेत

अछाम

    क्षेत्र नम्बर–१

    ८   खुलाः केशरबहादुर साउँद, मीनबहादुर कुँवर र रामबहादुर बुढा

      महिलाः बिन्दु कुँवर र अनिता खड्का

      युवाः डिबी साउँद

   क्षेत्र नम्बर–२

     खुलाः चन्द्रबहादुर बोहरा, यमबहादुर बिसी, बलबहादुर कुँवर र भीमबहादुर रावल

      महिलाः सरिता उपाध्याय र निर्मलाकुमारी धमाला

      युवाः टोपबहादुर शाही

बाजुरा

खुलाः लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल विष्ट र मेघराज शाही

महिलाः सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र वसन्ती गुरुङ

दलितः काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्की

युवाः नरेश रोकाया

बझाङ

खुलाः दिलबहादुर भण्डारी, एलबी रावल, दमन भण्डारी, लालबहादुर खड्का र जनकराज जोशी

महिलाः जानकी बोहरा, डोल्मा तामाङ र भागरथी सिंह

दलितः आनन्दलाल विक र शङ्कर रसाइदी

युवाः पङ्कज भण्डारी

डडेल्धुरा

खुलाः गजेन्द्रबहादुर शाही र गजेन्द्र शाही

दलितः चक्रप्रसाद स्नेही

महिलाः कृष्णा ओझा

युवाः ज्ञानेन्द्रसिंह भाट

बैतडी

खुलाः सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र विष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारा

महिलाः धाना धामी, सकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली

दलितः नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की

युवाः गोविन्द गिरी

दार्चुला

खुलाः ज्ञानेन्द्र घर्ती, कृष्ण धामी, रामदत्त जोशी, जनकसिंह ठगुन्ना, धर्मानन्दसिंह मन्याल र रणबहादुर पाल

महिलाः माधवी जोशी, ताराकेशरी कुँवर र निर्मला धामी

दलितः लालबहादुर विक र मुरारीलाल टमटा

युवाः उमेशराज जोशी

डोटी

डोटीबाट खुल्ला, महिला, दलित र युवा गरी जम्मा १० जना प्रतिनिधिहरू छनोट भएका छन्।

खुलाः चक्र बहादुर मल्ल, दुर्गा दत्त ओझा, डम्बर सिंह दौडी, लक्ष्मण मलासी र हस्त ब. बुढा

महिलाः मन्जु मलासी र लक्ष्मी देवी मल्ल

दलितः सिता वि.क (बेल्ता कामी) र धन बहादुर नेपाली

युवाः बम बहादुर बम

कमेन्ट लोड गर्नुस