एमाले महाधिवेशनका लागि बैतडीबाट १५ जना प्रतिनिधि सर्वसम्मत चयन
बैतडीः नेकपा एमालेको ११ औं महाधिवेशनका लागि बैतडीबाट १५ जना प्रतिनिधि सर्वसम्मत छनौट भएका छन्।
एमालेको शनिवार बसेको बैठकले जिल्लाबाट १५ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरेको हो।
बैतडीबाट एमालेले खुल्ला कलस्टरबाट सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारालाई छनोट गरिएको छ।
महिला कलस्टरबाट धाना धामी, शकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली प्रतिनिधि छनोट हुँदा दलित कलस्टरबाट नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्कीलाई प्रतिनिधि छनोट गरिएको छ।
युवा कलस्टरबाट भने गोविन्द गिरीलाई प्रतिनिधि छनौट गरिएको एमाले बैतडीले जनाएको छ।
बैतडीबाट छनोट भएका सबै प्रतिनिधि ओली पक्षका हुन्।