सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले महाधिवेशन प्रतिनिधि छनोट : कञ्चनपुरमा कतै सर्वसम्मत, कतै निर्वाचन

२०८२ मंसिर १४, ०९:११ खबर संवाददाता

कञ्चनपुरः नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट कतै सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ भने कही निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएका छन् । कुनैमा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ भने केही क्षेत्रमा निर्वाचन गरेर छनोट गरिएको नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताएका छन्। 

उनका अनुसार, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट खुला सदस्यतर्फ ४ सय ९८ मतसहित पल्लबराज भट्ट र ६ सय ३९ मतसहित वीरबहादुर थापा निर्वाचित भएका छन्।  छ । यसैगरी, महिलातर्फ कमला चौधरी ५ सय १७ मत र कल्पना गिरी ५सय १४ मतसहित निर्वाचित भएका छन्। साथै, युवा तर्फबाट काशीराम बोहरा ५ सय २१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट भएका छन्। शनिबार भएको मतदानमा निर्वाचन क्षेत्र नम्बर एकबाट एक हजार ६० मत खसेको थियो ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर दुईमा भने पाँच जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरिएको थियो । जहाँ खुला सदस्यका लागि रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत छनोट भएका हुन्। महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भएका थिए भने युवा तर्फबाट पनि प्रविन बोगटी चयन भएका थिए। 

यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ बाट खुला सदस्यतर्फ डा. दीपक प्रकाश भट्ट ५ सय ६७ मत र जनकराज अवस्थी ३ सय ३७ मतसहित निर्वाचित भएका छन्। खुला सदस्यका लागि चार जनाको उम्मेदवारी परेको थियो। जसमध्ये महेश राज पन्तले ३०७ मत र विष्णु कणेँलले २ सय ९५ मत प्राप्त गरेका थिए। 

यसैगरी, दलित तर्फबाट प्रतिनिधि छनोटका लागि चार जनाबिच भएको प्रतिस्पर्धामा आरपी सार्की १७२ मत सहित निर्वाचित भएका छन्। यसैगरी, युवा तर्फ ३ सय ५१ मतसहित ओम बस्नेत निर्वाचित भएकका छन्। तीन उम्मेदवारबिच भएको प्रतिस्पर्धामा नरेन्द्र कार्कीले २ सय ५८ र केशव चन्दले १ सय ६४ मत प्राप्त गरेका छन्। 

प्रतिनिधि छनोटका लागि मङ्सिर ११ गते मनोनयन दर्ता गरिएको थियो । नेकपा एमालेले काठमाडौँमा यही मङ्सिर २७ देखि २९ गते सम्म पार्टीको ११ औँ महाधिवेशन आयोजना गरेको छ ।
 

कमेन्ट लोड गर्नुस