कञ्चन डेण्टल केयर र एनएमबी बैङ्क धनगढी शाखाबिच उपचार छुट सम्झौता
धनगढीः धनगढी उपमहानगरपालिका वडा नं. १ अस्पताललातईन स्थित कञ्चन डेण्टल केयर र एनएमबी बैङ्क धनगढी शाखाबिच उपचार छुट सम्झौता भएको छ।
उक्त डेण्टल केयरले बैङ्कका सबै कर्मचारी र ग्राहकहरुलाई डेण्टल केयरले प्रदान गर्ने सबै सेवामा २५ प्रतिशत छुट सहितको उपचार सेवा दिने सहमति भएको हो। डेण्टल केयरका निर्देशक सुरेन्द्र कुमार सांकी र बैङ्कका शाखा प्रबन्धक नन्दा कुमारी ओझाबिच उपचार छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
उपचारमा छुट पाउनका लागि बैङ्का कर्मचारीलाई स्टाफ आईडी कार्ड र सेवाग्रहीलाई चेक, डेविट वा क्रेडिट कार्ड आवश्यक पर्ने नर्देशक सांकीले जानकारी दिएका छन्। (प्रवर्धित सामग्री)