कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीबाट लागुऔषध सम्बन्धि मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका–७ गलौरी बस्ने २२ वर्षिय राजेन्द्र महतोलाई मंसिर ५ गते शुक्रबार उनको घर नजिकैबाट इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ।
लागूऔषध सम्बन्धी मुद्दामा उनलाई १ महिना १५ दिन कैद सजाय सुनाइएको थियो। उनलाई निर्णय कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।