धनगढी–अत्तरिया ६ लेन सडकको निर्माण सुरु भएदेखि सात जनाको मृत्यु, सय बढि घाईते
धनगढी–अत्तरिया ६ लेन सडकको निर्माण सुरु भएदेखि सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको सङख्या सात पुगेको छ। सडक अन्तरगत कैलालीको गेटामा जीप र अटो रिक्सा ठोक्किदा एक जनाको मृत्यु भएसंगै सडक निर्माण सुरु भएदेखि ज्यान गुमाउनेको सङख्या सात पुगेको हो। सोमवार अटो रिक्सा र जीप एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी घाईते भएका अटोमा सवार धनगढी उप–महानगरपालिका १७ का ५६ वर्षीय चनकलाल डगौराको मृत्यु भएको थियो।
यसअघि विभिन्न समयमा भएका दुर्घटनामा परि ६ जनाले ज्यान गुमाईसकेका छन्। २०७४ मंसिर ५ गते धनगढी उप–महानगरपालिका १३ राजपुरमा धनगढीबाट नेपालगञ्ज जादै गरेको ना.४ ख ३३३९ नम्बरको भाडाको बसले साईकल यात्रुलाई ठक्कर दिदा कञ्चनपुर गुलरीयाका ३० बर्षिया सञ्जिव राजीको ज्यान गयो। २०७४ को पुष २७ गते सेती–महाकाली ट्रक व्यवसायी समितिको कार्यालय अगाडी दुर्घटना भयो र धनगढी उप–महानगरपालिका ४ का भुपेन्द्र रावतको मृत्यु भयो। २०७५ साल बैशाख १६ गते बोराडाडी आर्मी व्यारेक नजिक धनगढीबाट अत्तरिया जादै गरेको मोटरसाईकल दुर्घटना हुँदा धनगढी ४ का २७ बर्षिय अशोक पाण्डेको मृत्यु भएको थियो भने कार्तिक २ गते मोहनपुरमा मोटरसाईकल दुर्घटना हुँदा सागर चौधरीको मृत्यु भयो।
यसै बर्ष बैशाखमा धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भयो। अन्य दर्जनौ दुर्घटनामा परि सय भन्दा बढि घाईते भएका छन्। आयोजना कार्यालयको लापरबाही, निर्माण कम्पनीको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण ६ लेन सडक ज्यानमारा बन्दै गएको आरोप स्थानीयको छ। गत जेठमै निर्माण सम्पन्न गर्नुपर्ने १४ किलोमिटर दुरीको उक्त सडकमा अहिले सम्म आधा काम पनि सम्पन्न भएको छैन्।