सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा मंसिर १६ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

२०८२ मंसिर ३, ०७:२३ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरीमा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंसिर १६ गतेदेखि हुने भएको छ । सोमबार बसेको गोदावरी नगरपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले मंसिर १६ देखि १९ गते सम्म राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

समितिले प्रतियोगिता गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी माविमा गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले बताए । प्रतियोगिता सञ्चालनका लागि शिक्षा शाखाले नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयलाई मंसिर १० गते भित्र विद्यार्थी (खेलाडी) हरूको नामावली र खेलकुद शिक्षकको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रतियोगिता अन्तरगत भलिबल, कबड्डी, एथलेटिक्स, दौड, उफ्रने र फ्याँक्ने (हाई जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो), मार्सल आर्ट (कराँते, तेक्वान्दो, उसु) खेल खेलाइने जनाइएको छ ।

कमेन्ट लोड गर्नुस