धनगढीका हावाहुरी पीडितलाई लक्ष्मी बैंकको सहयोग
जेठ २३ गते आएको हावाहुरी पीडितहरुलाई राहत वितरणका लागि लक्ष्मी विकास बैंकले सहयोग गरेको छ। लक्ष्मी बैंकका प्रवन्धक दिवाकर जोशीले सोमबार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हावाहुरी पीडितका लागि भन्दै एक लाखको चेक हस्तान्तरण गरेका हुन्।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले हावाहुरीको घाउमा मलम लगाउनका लागि सहयोग गर्ने बैंक प्रति आभारी भएको बताए। लक्ष्मी बैंकका प्रवन्धक जोशीले बिपदमा परेकाहरुलाई सहयोग गर्नु सबैको दायित्व भएको बताए।