कञ्चनपुरमा लागूऔषधसहित २ जान युवक पक्राउ
२०८२ मंसिर २, ०७:१६
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ जान युवक पक्राउ परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–८ भासी स्थित सोही ठाउँ बस्ने २५ वर्षीय अकबर डगौरा र २२ वर्षीय अभिशेक डगौरा लागूऔषधसहित पक्राउ परेका हुन्। अभिशेकको घरभित्र खानतलासी गर्दा लागूऔषध खैरो हेरोइन १.४६ ग्राम फेला पारी उक्त पदार्थसहित दुवै जनालाई अस्थायी प्रहरी पोष्ट गईलनदि, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस