सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचनको वातावरण निर्माणमा जुटौं: मुख्यमन्त्री शाह

२०८२ कार्तिक २७, ०७:४६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी निर्वाचनको वातावरण निर्माणमा जुट्न सबै पक्षलाई आग्रह गरेका छन्।

बुधवार अछाममा आयोजित स्थानीय तहका जनप्रतिनिधि र कार्यालय प्रमुखसहित सुरक्षा निकायसँगको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनको वातावरण निर्माणमा जुट्न सबैलाई आग्रह गरेका हुन्। मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको उल्लेख गर्दै उनले राजनीतिक र प्रशासनिक सबै निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।

जेनजी आन्दोलनपछि बनेको सरकारको पहिलो दायित्व निष्पक्ष र स्वच्छ रुपमा निर्वाचन सम्पन्न गराउनु रहेको मुख्यमन्त्रीको भनाइ छ। उनले त्यसका लागि सरकारले शान्ति, सुव्यवस्था कायम गरेर जनतालाई सुरक्षाको प्रत्याभूति गराउनु पर्ने बताए। 

कमेन्ट लोड गर्नुस