देशभरको मौसम सफा रहने पूर्वानुमान
२०८२ कार्तिक २६, ०७:२२
काठमाडौँः हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ। त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ।
कमेन्ट लोड गर्नुस