कर्णालीमा एक सय डुङ्गामा १४ सय जनालाई सहभागि गराएर ¥याप्टिङ गरिने
खवर संवाददाता, धनगढी जेठ ०१
कर्णाली नदीमा व्यवसायिक ¥याप्टीङका लागि दवाव दिन एक दिने ¥यााप्टिङ कार्यक्रम आयोजना गरिने भएको छ । गोदावरी चेम्बर अफ कर्मस अत्तरियाले सम्बृद्धिका लागी पर्यटन भन्ने मुल नाराका साथ १८ गते नेपालमै पहिलो पटक एक सय डुङ्गामा एक हजार चार सय जनालाई सहभागि गराएर ¥याप्टिङ गर्न लागिएको हो । आयोजक गोदावरी चेम्बर अफ कर्मसले आज अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरि सो बारेमा जानकारी दिएको हो ।
यस क्षेत्रका विकासका सम्भावनालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तराट्रिय स्तरमा पहिचान गराउन कार्यक्रमको आयोजाना गरिएको गोदावरी चेम्बर अफ कर्मस अत्तरियाका अध्यक्ष बिनोद मल्लले जानकारी दिए । प्रवद्धक समेत रहेको जिल्ला सम्न्वय समितीका संयोजक सुर्य बाहादुर थापाले कैलालीको पर्यटन प्रबद्धनमा थप टेवा पुगाउने विश्वा व्यक्त गरे । ¥याप्टिङमा नेपाल र भारतका ब्यबसायी, पत्रकार सहित सर्बसाधारणको सहभागिता रहने छ ।