मंसिर १८ गतेदेखि "आरम्भ ल फेष्ट" को तेस्रो संस्करण आयेजना हुने
मंसिर १८ गतेदेखि "आरम्भ ल फेष्ट" को तेस्रो संस्करण आयेजना हुने
धनगढीः धनगढीमा आगामी मंसिर १८ गतेदेखि "आरम्भ ल फेष्ट" को तेस्रो संस्करण आयेजना हुने भएको छ।
आरम्भ ल पाठशाला र क्रिएटिभ ल स्टुडेण्ट्स् फोरमको आयोजनामा कानूनका विद्यार्थीहरुमा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको आरम्भ ल पाठशालाका व्यवस्थापक ओमप्रकाश वस्तीले जानकारी दिए।
कक्षा ११ र १२ मा कानून अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहने उक्त प्रतियोगिता अन्तर्गत कानूनी हाजिरीजवाफ प्रतियोगीता, मुट कोर्ट प्रतियोगीता, कानूनी मस्यौदा लेखन, संसदिय वहस र सिर्जनात्मक लेखन प्रतियोगीताहरु आयोजना गरिने क्रिएटिभ ल स्टुडेण्टट्स् फोरमका संयोजक गणेश खत्रीले बताएका छन्।
आरम्भ ल पाठशालाले यस अघि पनि २०८० र २०८१ मा आरम्भ ल फेष्टको पहिलो र दोस्रो संस्करण आयोजना गरेको थियो। कानूनका विद्यार्थी लक्षित उक्त प्रतियोगिताले सुदूरपश्चिममा कक्षा ११ र १२ मा कानून पढ्ने विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धिमा महत्वपुर्ण योगदान पग्ने अपेक्षा गरिएको छ। उक्त कार्यक्रम मंसिर १८, १९ र २० गते धनगढीमा आयोजना हुने छ।