दार्चुलामा भूकम्पको धक्का
२०८२ कार्तिक २१, ०७:४१
दार्चुलाः दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति १०ः४० मा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपालको दार्चुला र भारत सीमा लगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो। भूकम्पबाट क्षति भए नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त भएको छैन।
कमेन्ट लोड गर्नुस