कञ्चनपुरबाट २ लाखको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले २ लाखको अवैध सामान बरामद गरेको छ।
आइतवार भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ७ हजार ९ सय बराबरको सामान बरामद गरिएको हो। भन्सार छलीको कस्मेटिक, हाडबेयर, किराना लगायतका सामान रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको जनाइएको छ।