सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागू औषध मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ 

२०८२ कार्तिक १७, ०८:१४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला अदालत कञ्चनपुरले कैद सजाय तथा जरिवाना ठहर गरी फरार भएका २ जनालाई प्रहरीले आइतवार पक्राउ गरेको हो। पक्राउ पर्नेमा लागू औषध मुद्दामा ५ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएका पुनर्वास नगरपालिका–११ डोके बजारका ३० वर्षीय राजु थापा र लागू औषध मुद्दामै २ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका–५ बस्ने २४ वर्षीय राजु सार्की रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस