सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलिदेखि पुनः शनिबारिय महिला उद्यम मेला लाग्ने 

२०८२ कार्तिक १४, ०४:५७ जयन्त सिंह भाट

धनगढीः शनिबार (भोलि) देखि धनगढीमा पुनः महिला महिला उद्यम मेला सुरु हुने भएको छ। धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा हरेक शनिबार लाग्ने गरेको महिला उद्यम मेला कात्तिक १५ गते शनिबारदेखि पुनः सुरु हुने नगर प्रमुख गोपाल हमालले जानकारी दिएका छन्। 

मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका सामग्री र खानपानलाई उपभोग गरेर प्रोत्साहित गर्न उनले सबैमा आग्रह गरेका छन्।  

महिलालाई उद्यमतिर अग्रसर गराउने उद्देश्यका साथ गत वर्षदेखि उपमहानगरले हरेक शनिबार महिला महिला उद्यम मेला सुरु गरेको थियो। तर मौषका कारण खुला स्थानमा लाग्ने उक्त उद्यम मेला गत चैत्र देखि रोकिएको थियो। वर्षा याममा मौसम बदली, हावाहुरी लाग्ने र वर्षात हुने भएकोले बिचमा केही  महिना रोकिएको र भोली देखि आउँदो चैत सम्म मेला पुनः सुरु हुन लागेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए। 

धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोड अगाडि जेनजी मार्गमा शनिबार दिउँसो २ बजेदेखि मेला सुरु हुने नगरप्रमुख हमालले जानकारी दिएका छन्। मेलाका लागि स्टल, टेन्ट, टेबुल, मोबाइल शौचालय लगायतको व्यवस्थापन सहित धनगढी उपमहानगरपालिकाले निःशुल्क रुपमा स्टल उपलब्ध गराउने गर्दछ। 
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस