कञ्चनपुरमा ५ ग्राम खैरो हेरोइन सहित २ युवक पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा ५ ग्राम खैरो हेरोइन सहित २ जना युवक पक्राउ परेका छन्।
जिललाको बेलौरी नगरपालिका–१० सडकघाट स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा बाग्मति प्रदेश ०२–०५० प ७३६८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला कृष्णपुर नगरपालिका–२ बङ्क बस्ने २६ वर्षीय प्रदिप ऐरी र मोटरसाइकल पछाडी बेदकोट नगरपालिका–२ जडेपानि बस्ने २९ वर्षीय जनक बोहरा मंगलवार पक्राउ परेका हुुन्।
यी दुबै जनाको साथबाट ५ ग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ र मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।