सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्त राजमार्गको फल्टुडे-बुडर सडकखण्डको घुम्तीमा राखिएका ऐना फुटाइए

२०८२ कार्तिक ६, १२:२५ नारायण अवस्थी

धनगढीः भीमदत्त राजमार्गको फल्टुडे-बुडर सडकखण्डमा राखिएका सडक सुरक्षा ऐना फुटाइएका छन्। सडक यातायात सुरक्षित बनाउन राखिएका ट्राफिक सेफ्टि मिरर फुटाइएका हुन्।

फल्टुडे- बुडर सडकखण्डको करिब १० किलोमिटर  सडकको हरेक घुम्तीमा राखिएका कन्भेक्स मिरर मध्ये आधाजति फुटाइएको छ। १० किलोमिटर सडकको घुम्तिमा राखिएका ११ वटा ऐन पूर्ण रुपले फुटाइएको देख्न सकिन्छ भने थप चार वटा आशिंक फुटाइएको छ। चार ऐना उप्काएर फुटाउन खोजेको देख्न सकिन्छ।

सडकमा राखिएका यो ऐनाको मुख्य उद्देश्य दुर्घटना रोकथाम हो। जब चालक घुम्तीमा पुग्छ, उसलाई अगाडि सडकमा आउँदै गरेको सवारी साधन देखिन्न। सडक सुरक्षा ऐनाले ती अदृश्य  भागहरू देखाउने काम गर्छ, जसले चालकलाई सावधानी अपनाउन सहयोग गर्छ।
सडकमा प्रयोग भएका कनभेक्स ऐनाले विस्तृत क्षेत्र देखाउँछ। यसले वस्तुलाई सानो देखाउँछ र वरिपरि सबै दिशा देख्न सकिन्छ।

भीमदत्त राजमार्गको फल्टुडे- बुडरखण्डमा राखिएका ऐनासहित राजमार्गको स्याउलेसम्मको घुम्तीका राखिएका ऐनासमेत फुटाइएको बस गाडी चालक उत्तम बिष्टले बताए। उनले केआईसिंह राजमार्गमा राखिएका अधिकांश ऐना फुटाइएको बताए। उनले भने, 'सडकको साघुँरा र घुमाउदार सडकको मोडमा राखिएका ऐना फुटालिएको छ। जसले गर्दा अगाडिबाट कुन सवारी सधान कुन गतिका आइरहेको देख्न समस्या हुँदा दुर्घटनाको जोखिम बढेको छ।'

सडकमा राखिएका ऐना फुटाउने प्रवृत्तिले समाजको जर्जर अवस्थाको चित्रण गरेको भक्तराज गिरीको टिप्पणी छ। यस्तै नैन कठायतले राजमार्गको सबै ठाउँमा ऐना फुटाउने, माइस्टोन फुटाउने, स्थानको नाम र उल्लेखित दुरी केरमेट गर्ने गलत प्रवृत्तिसमेत हट्न नसकेको कठायतले बताएका छन्।

राजमार्गमा दुर्घटना घटाउन र ट्राफिक व्यवस्थापनमा सहयोग पुगाउने ऐना फुटाउने उपर कुनै कारबाही नभएको बुडर र आसपासका स्थानीयले बताएका छन्। बुडर बजार निजिकै रहेको प्रहरी चौकी भन्दा करिब एक सय मिटर अगाडि राखिएको ऐनासमेत फुटाइएको देख्न सकिन्छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस