सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ

२०८२ कार्तिक ४, ०५:२८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको बेल्डाडी र दैजीबाट ती जुवाडे पक्राउ परेका हुन्।

प्रहरीले मङ्गलवार बिहान चार बजे बेल्डाडी गाउँपालिका वडा नम्बर २ चौवन्नी बजारस्थित लोकेन्द्र बडालले सञ्चालन गरेको झलक क्याफेबाट ८ जनालाई पक्राउ गरेको जनाएको छ। क्याफेको दोस्रो तलामा जुवा तास खेलिरहेको गोप्य सूचनाको आधारामा इलाका प्रहरी कार्यालय वेल्डाडीबाट खटिएको प्रहरी टोलीले ८ जनालाई ६ गड्डी तास र नगद २७ हजार ८६५ रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

यसैगरी मङ्गलवार बिहान साढे १० बजे वेदकोट नगरपालिका-३ दैजीस्थित बेल्डाडी चोकमा रहेको योगसिंह मालीको घरमा जुवा तास खेलिरहेका ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारामा अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरी टोलीले मालीको घरमा चेकजाँच गर्दा जुवा तास खेलिरहेका ७ जनालाई ४ गड्डी खुला तास र  ५१ हजार २६० रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस