सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड अभिनेता असरानीको निधन

२०८२ कार्तिक ४, ०४:०५ खबर संवाददाता

नयाँ दिल्ली: बलिउडका वरिष्ठ तथा चर्चित अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य समस्या भएपछि विगत चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा उपचाररत उनलाई सोमबार दिउँसो ३ देखि ३ः३० बजेको बीचमा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

असरानीका निजी सचिव बाबुभाईले पनि उनको मृत्युको पुष्टि गरेका छन्।

उनको अन्तिम संस्कार मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगर श्मशानघाटमा सम्पन्न गरिएको थियो, जहाँ उनका परिवारका सदस्य र नजिकका आफन्तहरू उपस्थित थिए।

पूरा नाम गोवर्धन असरानी रहेका उनले सन् १९४१ मा जयपुरमा जन्म लिएका थिए। उनले शोलेलगायत ३०० भन्दा बढी चर्चित बलिउड फिल्ममा अविस्मरणीय अभिनय गरेका थिए।
 

कमेन्ट लोड गर्नुस